सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै

काठमाडौं : सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यसैगरी, प्रतिनिधि सभाको अर्को बैठक आजै ११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सङ्घीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस