सुदूरपश्चिमका मुख्यमन्त्री शाह र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ।

मुख्यमन्त्री टोलीले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आज विहान प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो।

भेटमा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तैगरी गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत लगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस