भोजपुर उडेको नेपाल एरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो

काठमाडौ : काठमाडौं स् काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताउनु भयो।

आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो।

१६ जना यात्रु लिएर उडेको कल 9N-ABT साइनको जहाजको चेकजाँचपछि फेरि भोजपुर पठाइने छ।

प्रतिक्रिया दिनुहोस