भिआइपी भ्रष्टाचारविरुद्ध विवेकशील साझाको प्रदर्शन

काठमाडौं : भिआइपी भ्रष्टाचारु को विरोध गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ। मंगलबार काठमाडौँको माइतीघरमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो।

नक्कली शरणार्थी काण्डमा मुछिएका भिआइपी भ्रष्टाचारीलाई सरकारले बचाउन खोजेको र भ्रष्टाचार काण्डमा मुछिएका ुठूला माछाु उम्काउन खोजेको आरोप लगाउँदै विवेकशील प्रदर्शनमा उत्रिएको हो। प्रदर्शनमा पार्टीका नेता मिलन पाण्डे, रञ्जु दर्शना लगायत सहभागी छन्।

विवेकशील साझाले नक्कली शरणार्थी काण्डमा पक्राउ पुर्जी जारी भएका र त्यस काण्डमा नाम जोडिएका सबैलाई पक्राउ गरी छानबिन गर्न समेत माग राखेको छ।

प्रतिक्रिया दिनुहोस