धनकुटाको हिलेमा सेनाले बनायो मन्दिरको प्रवेशद्वार

विराटनगर : नेपाली सेनाले निर्माण गरेको धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्वार पूर्वी पृतनापति उपरथी डा। आसबहादुर तामाङले उदघाटन गरेका छन्।

पूर्वी पृतना हेडक्वार्टर इटहरी तथा श्री नम्बर २ वाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजनाअन्तर्गत निर्माण गरिएको प्रवेशद्वार आज ९सोमबार० पूर्वी पृतनापति उपरथी तामाङले उदघाटन गरेका हुन्।

भक्तपुरबाट कालिगढ झिकाएर पुरात्वातिक शैलीमा निर्माण भएको सो प्रवेशद्वारको उदघाटन समारोहलाई सम्बोधन गर्दै उपरथी तामाङले ब्रककुण्ड पञ्चेश्वर मन्दिर परिसरमा निर्मित पुरातात्विक शैलीको मूल प्रवेशद्वारले मन्दिरको धार्मिक महत्वका साथै गरिमा बढाउने बताए। कोशी प्रदेशका ६ जिल्लामा नेपाली सेनाले यस्तै प्रकारको काम गरिरहेको समेत उनले बताए।

प्रवेशद्वार उदघाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला प्रमुख अधिकारी थानेश्वर गौतम, श्री नं। २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी महेशकुमार थापा, श्री भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस