झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा : झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस