पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

धनुषा : पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको गएराति पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिg’eof]।

शनिबार साँझ वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको अधिकारीको भनाइ छ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। प घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले hfgsf/L lbPsf] 5 .

प्रतिक्रिया दिनुहोस