अब चलचित्र अनलाइनबाटै दर्ता हुन्छ:प्रवक्ता के एल बुढाथोकी

दाङ : स्थानीय स्तरमा निर्माण हुने चलचित्र अनलाइनबाट नै दर्ताको व्यवस्था गर्न थालिएको चलचित्र विकास बोर्डका प्रवक्ता के एल बुढाथोकीले बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । स्थानीयस्तरमा निर्माण गरिएका वृत्तचित्र, चलचित्र दर्ताका लागि बोर्डमै जानुपर्ने बाध्यता अन्त्यका लागि अनलाइनबाटै व्यवस्था गर्न थालिएको उहाँले बताउनुभयो । प्रवक्ता बुढाथोकीले छोटा वृत्तचित्रले समेत विश्वमै उत्कृष्ट अवार्ड जित्न सफल भइरहेको अवस्थामा चलचित्र विकास बोर्डले समेत त्यस्ता चलचित्रलाई दर्ता प्रक्रियामा लैजान थालेको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुढाथोकीले २०२६ सालकै ऐनबाट बोर्ड सञ्चालन भइरहेको अवस्थामा त्यसलाई परिमार्जन गरेर बोर्डमा महिला, जनजाति, दलित समुदायको समेत प्रतिनिधित्वको व्यवस्था गर्न थालिएको बताउनुभयो । उहाँले मौलिक चलचित्रको विकासका घुम्ती सिनेमा प्रदर्शनीलाई देशभर अघि बढाइएको बताउनुभयो ।

उहाँले जिल्लामा थारु, वादी, गुरुङ, समुदायमा आधारित ती समुदायको भाषा, संस्कार, संस्कृतिको विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले स्थानीय चलचित्रको विकास र वृत्तचित्र निर्माणमा पालिकाकोतर्फबाट प्रोत्साहन गर्न सकिने बताउनुभयो । यस क्षेत्रको पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलहरूको विषयमा वृत्तचित्र निर्माण गरेर अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिने बताउनुभयो । कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार सङ्घ दाङकि सचिव निरला अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस