उपनिर्वाचन : तनहुँ -१ मा सर्वेन्द्र खनालले दर्ता गराए उम्मेदवारी

तनहुँ : तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना रहनु भएको छ।

नेपाल प्रहरीका पूर्वप्रमुख खनाल पाँच महिनाको अवधिमा दोस्रोपटक संघीय चुनाव लड्न लाग्नु भएको हो।

यसअघि गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खनाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट पराजित हुनु भएको हो।

तनहुँमा कांग्रेसबाट गोबिन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा।स्वर्णिम वाग्ले उम्मेदवार रहेको छ।

प्रतिक्रिया दिनुहोस