आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय हुँदा देशका धेरै स्थानमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ। उनका अनुसार अपराह्नतिर काठमाडौंमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार देशभरको मौसम पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार बिहान काठमाडौंको न्यूनतक तापक्रम १४ डिग्री सेल्सियस मापन भएको छ।

प्रतिक्रिया दिनुहोस