एसईई परीक्षालाई मर्यादित बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उहाँको आग्रह छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री प्रचण्डले परीक्षामा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना पनि गर्नुभएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरीका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षाका लागि देशभर दुई हजार ३६ र जापानमा एउटा गरी दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस