काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ।
मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि पुन विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो बढन थालेको छ। नेकपा एमालेले भने कर्णालीमा समर्थन फिर्ता लिएको छैन।
कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद छन्। यस्तै एमालेका १० सांसद हुँदास्वतन्त्र, नेकपा एस र राप्रपाका एक एक सांसद छन्।
एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए।