लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको दाबी पेस

दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। सत्ता गठबन्धनको सहयोगमा कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु भएको छ।

उहाँलेले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाउनु भएको हो । लुम्बिनीमा सरकार बचाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।

आजै माओवादी केन्द्रसहित ६ दलले नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यस्तैगरी सत्ता गठबन्धनअन्तर्गत कांग्रेससँग २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र १ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस