कोशी प्रदेश नामकरण विवाद : छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं : कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको बताइन्। उनले चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने जानकारी दिनुभयो।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस