काठमाडौं : यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हराएको छ।
वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो।
जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ। नेपाल चौथो स्थानमा छ। समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो स्थानमा छ। एक खेल खेलेर समान तीन खेल जोडेका भारत र रुस क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुई खेल खेलेको भुटान भने अंकबिहीन छ।
पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो। भारतसँग पराजित हुँदा पनि वर्षाले एक गोल गरेकी थिइन्। जारी प्रतियोगितामा वर्षाले तीन गोल गरिसकेकी छिन्।
प्रतियोगितामा दक्षिण एसिया क्षेत्रका भारत, नेपाल, बंगलादेश र भुटान छन् भने यसपटकबाट रुसलाई आमन्त्रित गरिएको छ । रुसले पहिलोपटक यो प्रतियोगिता खेलेको हो।
गएराति भएको अर्को खेलमा रुसले आयोजक बंगलादेशलाई ३–० ले हराएको थियो। नेपालले अब आइतबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।