काठमाडौं : आगामी वैशाख १० का लागि तय भएको उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैठक ललिपतपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। उनका अनुसार बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायत विषयमा छलफल हुनेछ।
उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तय भएको छ। यसैगरी बैठकमा मन्त्रिपरिषदमा सहभागिता र विधान अधिवेशनको विषयमा छलफल हुने थापाले बताउनु भयो।
जसपाले सरकारमा सहभागी हुने निर्णय भइसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउने भन्ने टुंगो लागेको छैन।