काठमाडौं : देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ। बागमती, सुदूरपश्चिम, कोशी र मधेश प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिम र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हिमपातसहित वर्षा भइरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ। काठमाडौं उपत्यकासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी क्षेत्रमा चट्याङ, हावाहुरी र असिनापानीको सम्भावना छ।
गएराति गण्डकी, लुम्बिनी, बागमतीलगायत देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो २० घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ९।२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ।
मंगलबार रातिदेखि मौसममा केही सुधार आउने मौसमविद् लामिछानेले बताउनु भयो।