काठमाडौं : पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको प्यानलनै विजयी भएको छ।
सभापतिमा ज्योति पनेरु विजयी भएकी छन्। उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्। यस्तै सचिवमा नेविसंघकै भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन्।
यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो।