काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण सोमबार हुँदैछ।
यादवले बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ ।
चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए। उनले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत प्राप्त गर्नु भएको थियाृ।
बारा क्षेत्र नं.२ मा जनता समाजवादी पार्टी ९जसपा० बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले आइतबार नै सांसद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनु भएको छ।
यसअघि निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादव उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपति पौडेलसमक्ष पेश गरेको हो।