मन्त्री सुदन किरातीको पहराकी फूलु गीत सार्वजनिक

काठमाडौं : सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शब्दमा पहराकी फूलु गीत सार्वजनिक भएको छ ।

आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भए पनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताउनुभयो । उहाँले आफू मन्त्री भएको ६२ दिन भएको भए पनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको प्रतिक्रिया दिए । उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताउनु । त्यस्तैगरी गीतका निर्देशक शान्तिराम राईले चुनावअघिदेखि गीत सुरु गरे पनि आज आएर गीत सार्वजनिक गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नु भयो।

गीतमा रुपकुमार राईको स्वर रहेको छ । भिडियोमा राईसँगै वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस