बैतडी : स्ववियु निर्वाचनमा बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका मनोज बोहरा सभापति रहेको प्यानल विजयी भएको छ।
विजयी बोहराले १०२ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेवि संघका मदन नाथले ६२ मत प्राप्त गरे। यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुले गठबन्धन गरेका थिए।
सचिवमा अनेरास्ववियुका रमेश माल ११८ मतले विजयी भएका छन्। कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशी विजयी भएका छन्। सदस्यमा नेवि संघका गोकर्ण माल, अनेरास्ववियुका अर्चना साउद, अनेरास्ववियुकी प्रमेश्वरी जोशी विजयी भएकी छन्।
यसअघि श्रीकोट बहुमुखी क्याम्पस र नवप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुले जित हात पारिसकेको छ।