प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व कप क्रिकेटको छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा यूएईसँग भएको खेलमा ुडकवर्थ लुइसु नियमका आधारमा नेपाल विजयी भएको हो । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत् खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएको छ ।

‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभीमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ उहाँले लेख्नुभएको छ।

उहाँले नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत सबैलाई शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस