आईसीसी विश्वकप लिग २ आज पीएनजी र युएई भिड्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू क्रिकोणात्कम सिरिजमा आज पपुवान्युगिनी (पीएनजी) र युनाइटेड अरब इमिरेट्स (युएई) खेल्दैछन्।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ मा सुरु हुनेछ। लिग टू सिरिजमा युएईविरुद्ध हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद समाप्त गर्न चाहन्छ।

युएई पनि पीएनजी माथि फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहन्छ। पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ। पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ। युएई ३१ अंक जोडेर अंक तालिकाको छैठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस