सल्यानका ६ क्याम्पसमा निर्विरोध, १ क्याम्पसमा निर्वाचन

सल्यान : सल्यान जिल्लाका सल्यान बहुमुखी क्याम्पस खलंगा, जनकल्याण क्याम्पस थारमारे, फारुला बहुमुखी क्याम्पस फारुला, बनगाड क्याम्पस बनगाड, शिवजन र शारदा क्याम्पस शंखमूलमा सर्वसम्मत स्ववियू सम्पन्न भएको हो

सल्यान बहुमुखी क्याम्पसमा राजेश वली, शिवजन क्याम्पसमा बुलन्द बाबु सेजवाल, शारदा क्याम्पस शंखमूलमा एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज वली, फारुला बहुमुखी क्याम्पसमा वरुण न्यौपाने, र बनगाड क्याम्पसमा अजय विष्ट निर्विरोध निर्वाचित भएका छन्।

कपुरकोट बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी रहेको निर्वाचन संयोजक दिनेश केसीले बताए।

नेविसंघलाई शिवजन क्याम्पस (शीतलपाटी) र शारदा क्याम्पस (शंखमूल), माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)लाई बनगाड क्याम्पस (बनगाड), फारुला बहुमुखी क्याम्पस (फारुला) र जनकल्याण क्याम्पस (थारमारे) र एमाले निकट अनेरास्ववियूलाई सल्यान बहुमुखी क्याम्पस (खलंगा) र एकीकृत समाजवादी निकट अनेरास्ववियूलाई कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट दिने सहमति भएको थियो।

सल्यानमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अनेरास्ववियू समाजवादी, अखिल (क्रान्तिकारी) विप्लव निकट, रा.प्र.वि. संघ नेपाल लगायतका संगठनले सहमतिमा जाने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस