दाङ : देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। विशेषगरी काठमाडौं उपत्यकासहित पहाडी र तराईका एक्दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
सोमबार साँझ काठमाडौं उपत्यका र आसपाससहित पहाडी क्षेत्रका वर्षा भएको थियो। विभागका अनुसार आज लुम्बिनी कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाँउमा छिटफुट मेघगर्जन र चट्याङसहित छिटफुट वर्षाको सम्भावना छ।
मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले काठमाडौं उपत्यकासहित तराईका क्षेत्रमा हुस्सु लागेको छ। प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको उहाँले जानकारी दिनु भयो।
उहाँका अनुसार प्रि–मनसुनमा स्थानीय वायु सक्रिय रहने तथा पश्चिमी वायुको प्रभाव देखिनुका साथै दिनभर घाम लागेर बेलुकीपख मेघगर्जन, चट्याङसहित हल्का वर्षा गराउँछ।
मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १०।८ डिग्री सल्सियस मापन भएको छ।