गोरखामा ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

पर्वत : गोरखामा दूध बोक्ने ट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छन् भने ७ जना घाइते भएका छन्।

गोरखाको गोरखा नगरपालिका–६ मा रहेको नगरपालिका बिसौनी मोडमा ट्रक दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव निरीक्षक वेदनाथ भण्डारीले जानकारी दिनु भयो।

गोरखा बसपार्कबाट हरमटारीचोकतर्फ जाँदै गरेको प्रदेश नं ३ ०१ ००३ क ६१७० नम्बरको ट्रक ओरालो बाटोमा झर्दै गरेको अवस्थामा घुम्तीबाट दुर्घटना भएको हो।

ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसहित सडकमा आसपासमा रहेका व्यक्तिहरूलाई पनि लछार्दै सडकबाट ९९ फिट तलसम्म पुगेको थियो। त्यस क्रममा एक जनाको मृत्यु भएको तर उनको परिचय भने नखुलेको प्रहरी नायव निरीक्षक भण्डारीले बताउनु भयो।

दुर्घटनामा अरू ७ जना घाइते भएका छन्। उनीहरू रमला राना मगर, लालबहादुर गुरुङ, नारायण भुजेल, मोटरसाइकल चालक चालक मङ्गल चौधरी, विष्णु खड्का, बुद्धिबहादुर नेपाली र सावित्री बिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस