एमाले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत

काठमाडौं  : नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनीत गरेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गर्नु भएको हो ।

उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।

यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नु भएको थियो । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङलाई ओलीले लगत्तै उपनेतामा मनोनीत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस