दाङ : सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि फागुन ३० गते दिने गरी मिति संशोधन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ।