काठामडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौँथो चरणका खेल सुरु हुँदैछन् ।
प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।
हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ ।
यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् ।
आज सातदोबाटो लगातार चौँथो जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ ।
सातदोबाटो ३ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।
अन्तिम अपडेटस् फागुन २९, २०७९