आईसीसी विश्व क्रिकेट लिग-२ :नेपाल र पीएनजी भिड्दै


दाङ : आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी ९पीएनजी०सँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार विहान साढे ९ बजे सुरु हुनेछ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ। पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ। आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ।

लिग टूको अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो। आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको थियो।

नेपाल ३४ खेलबाट ३६ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। अबका दुई खेल जिते नेपाल शीर्ष तीनमा रहँदै सिधै एकदिवशीय विश्वकपको ग्लोबल छनोट खेल्नेछ।

प्रतिक्रिया दिनुहोस