नेकपा एमालेको आज सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक शनिबार बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भिष्म अधिकारीका जानकारी दिनुभयो ।

शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस