एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाइ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाइ दिनु भएको छ ।

आज विहान सामाजिक सञ्जालमा उहाँले लेखेका छन्, ‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमाय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

हिजो भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो। उहाँले फागुन २९ गते शपथ ग्रहण गर्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस