काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार परेको रिटको सुनुवाइ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा राखिएको थियो।
अधिवक्ता ज्ञानेन्द्रराज आरण सहितले प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
माघी पर्वका अवसरमा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। दाहालको यही सार्वजनिक अभिव्यक्तिका विरुद्धमा रिट परेको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।