डडेल्धुरा : डडेल्धुरामा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आइतबार बिहान बँदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको मृत्यु भएको हो।
घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो। पल्ले आइतबार बिहान खेतमा गोरु डोर्याउन गएको बेला बँदेलको आक्रमणबाट परेका थिए।
मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ। बँदेलको आक्रमणले मानिसको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।
पछिल्लो समय देशका विभिन्न स्थानमा बाघ, भालु, चितुवा र बँदेल जस्ता जंगली जनावरको आक्रमणका घटनाहरू हुने गरेका छन्।