निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा राना सर्वसम्मत निर्वाचित

दाङ : नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा निर्माण व्यवसायी वलिभद्र राना सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

राना लुम्विनि प्रदेश निर्माण व्यवसायी महासंघको सस्थापक अध्यक्ष हुनुन्छ । उहाँ दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

राना मंसिर ४ गते भएको संसदीय निर्वाचनका क्रममा दाङ क्षेत्र नं। २ ९१० बाट नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्यमा भिड्न् भएको थियो । उहाँ नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालसंग पराजित हुनु भएको हो ।

दुई दिनसम्म घोराहीमा चलेको अधिवेशन तथा साधारण सभाले अध्यक्षमा रानालाई सर्वसम्मत गराएको र अन्य पदमा पनि निर्विरोध चयन गर्ने तयारी भइरहेको अधिवेशनमा सहभागि निर्माण व्यवसायी विमलमान श्रेष्ठले जानकारी दिनुभयो ।

राना सामाजिक क्षेत्रमा पनि कृयाशिल व्यक्ती हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस