म्याग्दीमा खैरो हिरोइनसहित एकजना पक्राउ

म्याग्दी : म्याग्दीमा प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बेनी नगरपालिका–८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक किरण लामाले बताउनु भयो।

सूचनाको आधारमा जाँचगर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको। प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदातलबाट सात दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तरगत कारवाही अघि बढाएको छ।

म्याग्दीमा लागुऔषध र लागुपदार्थ प्रयोगकर्ता बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन्। केही दिनअघि समेत रूपन्देही जिल्ला सोमरीमाई गाउँपालिका–३ सिलवारी बस्ने १९ वर्षीय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपाम सहित प्रहरीले पक्राउ गरेको थियो।

डाइजापाम, फेनेरागन, नुर्फिन जस्ता लागुऔषधको प्रयोगकर्तासँगै महँगो मानिएको खैरो हिरोइनको समेत प्रयोगकर्ता बेनी आसपासमा रहेको सूचनाको आधारमा साधा पोशाकमा समेत प्रहरी परिचालित भएका छन्।

प्रतिक्रिया दिनुहोस