बैतडी : बैतडीमा ड्युटीमै रहेका एक प्रहरी कर्मचारीको निधन भएको छ।
मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका(२ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय प्रहरी सहायक हवल्दार नवीन चौधरी रहेका छन्।
ड्युटीमै रहेका चौधरी एक्कासी बेहोस भएर ढलेका र उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
मृतक चौधरीको शव स्वास्थ्य केन्द्रमै रहेको छ। चौधरीका घरपरिवारलाई खबर गरिएको र उनिहरू पुगेपछि शव परिक्षण गरिने जनाइएको छ।