काठमाडौँ : अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि तत्काल मूल्य नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । मङ्गलवार देखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९।०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो ।
आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री दाहालले निर्देशित गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ।