ओलीलाई देउवाको पत्र:राष्ट्रपतिमा पौडेललाई मत दिनुहोस

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनु भएको छ।

सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाउनु भएको हो। ‘प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान हो’, शर्माले भन्नु भयो।

एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमालेले भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको भन्दै कांग्रेस बाहेकका दलसँग मत माग्दै पत्राचार गरेको छ।

प्रतिक्रिया दिनुहोस