४१ औं मगर स्थापना दिवसको अवसरमा छात्रवृती प्रदान

दाङ : नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा आज दाङको घोराही १३ स्थित आफ्नै भवन परिसरमा ूमगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण हाम्रो प्रतिबद्धता, ४१ औं स्थापना दिवसमा भाषिक(साँस्कृतिक विविधता विचको सद्भावपूर्ण ऐक्यवद्धताू भन्ने नाराका साथ मगर स्थापना दिवस सम्पन्न गरिएको छ ।

सोही अवसरमा नेपाल मगर संघ दाङका पूर्व अध्यक्ष जंग बहादुर पुन मगर र उहाँका दिदीबहिनीहरु कमला पुन देउजा, हर्कमाया रोका मगर र मधुमालति थापा मगर द्धारा आफ्ना बुवारआमा नन्दलाल तथा सम्झना पुन मगरको स्मृतिमा स्थापित नन्दलाल तथा सम्झना पुन मगर स्मृति अक्षयकोष बाट २०७९ सालमा दाङ जिल्लाका सामुदायिक विद्यालयहरुबाट कक्षा १२ मा सम्पूर्ण मगर छात्ररछात्रा मध्ये बाट सर्वोउत्कृष्ट नम्बर ल्याउने एक एकजना छात्र र छात्रालाई पन्ध्र पन्ध्र हजारका दरले छात्रवृति तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष मुक्त बुढाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष डिल्ली घर्ति मगरको रहेको थियो भने प्रमुख अतिथिमा मगर संघ दाङ जिल्ला समितिका सस्थापक सह(सचिब लुमाकान्त कवर मगर रहनु भएको थियो । विभिन्न मगर नृत्यहरुको प्रस्तुती रहेको उक्त कार्यक्रमको सहजिकरण नरेन्द्र बुढा मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस