बिराटनगर : राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै केन्द्रमा सत्ता समीकरण फेरिएको छ। जसको असर प्रदेशमा समेत पर्न थालेको छ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारबाट नेकपा एमाले र राप्रपाले सरकार छोड्दै गर्दा प्रदेश १ मा भने तत्काल सरकार नछोड्ने बताइएको छ।
प्रदेश १ मा नेकपा एमालेका हिक्मतकुमार कार्कीको नेतृत्वमा मओवादी, राप्रपा र जसपा सहभागी रहेका छन्।
त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, प्रदेश १ सरकारबाट तत्काल अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिएका थिए।