लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अहिरले लिए सपथ

दाङ : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । आइतबार मन्त्री नियुक्त भएका भण्डारीले आज सपथ लिनु भएको हो । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका सांसद अहिरलाई आइतबार साँझ कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गर्नु भएको थिय।

एक साताअघि कृषिमन्त्री बनेका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यस मध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालय दिने सहमति भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाउनु भएको हो ।

त्यस्तैगरी मुख्यमन्त्री गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी मन्त्री चेतनारायण आचार्यलाई तोक्नु भएको छ । यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदबहाली अस्वीकार गरेपछि उहँको पदवहाली नभएसम्म वा अर्को मन्त्री नियुक्त नभएसम्मका लागि आचार्यलाई उक्त जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस