दाङ : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी भएको छ।
मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तार गर्दै जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन्। भण्डारीलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाइएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी पाएका एमालेका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्री अहिरले आज विहान ११ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी हेरफेर र नियुक्ति गरी आइतबार मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ।
त्यस्तैगरी लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनका बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन।