दाङ : लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
गत माघ महिनाको २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ। प्रदेश प्रमुखको कार्यालयअनुसार जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ।
कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेशका मुख्यमन्त्री लीला गिरीले गरेको सिफारिशअनुसार प्रदेश प्रमुख अमिक शेरचनले गत माघ २८ गते गठित मौजुदा मन्त्रिपरिषदको जिम्मेवारी हेरफेर गरेको जानकारी दिएको छ।
शर्मा प्युठान निर्वाचन क्षेत्र १ ९१० बाट निर्वाचित भएका थिए भने अहिर बाँके निर्वाचन क्षेत्र २ ९१० बाट निर्वाचित भएका थिए।
प्रदेशमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ। जसमा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिएको थियो भने माओवादी केन्द्रले ३ वटा‚ राप्रपा र जनमत पार्टीले १र१ वटा मन्त्रालय पाएका छन्।
त्यस्तैगरी लुम्बिनी प्रदेशसभामा ८७ सदस्यीय भए पनि मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र उन्मुक्ति पार्टीका ४र४ , जसपा, जनमत र लोसपाका ३र३ तथा २ स्वतन्त्र गरी ५८ सांसदको समर्थन गरेका छन्।