माओवादीले राष्ट्रपतिमा सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री दिने कांग्रेसको संकेत

काठमाडौं : राष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ। संविधानको रक्षाका पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनु पर्छ। गठबन्धनमा खास गरेर नेकपा (माओवादी केन्द्र) र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस वेला संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो। उहाँहरूले नै त्यो कुरा अघि सार्नुभएको हो।’

यो विषय नेपाली कांग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने विषयमा मात्रै यो विषय सीमित नरहेको उनको भनाइ छ।

उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीगत स्वार्थको विषय मात्रै छैन। यसलाई विश्वास गर्ने कुनै पार्टीसँग पनि यो जोडिएकाले यसमा एमाले पार्टी सहमत नभइराख्दा कहाँ उभिने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ। त्यस्तो अवस्था आयो भने प्रधानमन्त्री त्यसका लागि तयार हुनुपर्छ। राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ। सबैभन्दा ठूलो दल बाहिर हुनु नै बिडम्वना छ। कुनैपनि दलको बहुमत नआउने निश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ।’

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताउनु भयो।

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थकेन्द्रित रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस