भारतले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठायो

दाङ इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ।

आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाइ इन्धनको मूूल्य घटेर आएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।

गएको माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीनरतीन रुपैयाँ बढाएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।

त्यस्तैगरी भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने निगमले जनाएको छ। आईओसीलाई ११ अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य नघटाउने निगमको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस