दाङ : मधेश प्रदेशसभाको बैठक बिहीबार पनि बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
यसअघि प्रदेशसभा बैठकले विभिन्न विषयगत समिति गठन गरेको थियो। प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि सभामुख रामचन्द्र मण्डलले राखेको प्रस्ताव बैठकले पारित गरेको हो।