इङ्लिस प्रिमियर लिग:आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ। आर्सनलले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस