आजको मौसम:सुदूरपश्चिम, कर्णाली र प्रदेश१ मा सामान्य बदली

दाङ : देशका अधिकांश स्थानमा बिहीबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

शुक्रबार भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस