२८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा पूर्वी दाङद्वारा दीप प्रज्वलन

दाङ : नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले २८ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । पार्टीले फागुन १ गते आजकै दिन जनयुद्ध उद्घोष गरेको दिनलाई उत्सवको रुपमा मनाउनुपर्ने भन्दै घोराहीको तुलसीपुर चोकमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाका इन्चार्ज सम्झना सीले जनयुद्ध दिवसलाई एउटा उत्सवको रुपमा मनाउनुपर्ने बताएकी छन् । उनले दाङ पार्टीको संयुक्त आयोजनामा जनयुद्धको ऎतिहासिक संक्राम ब्यारेकमा २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा विविध खेलकुद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएको बताउनु भयो।

यो दीयो बलेको कसैलाई सामान्य लाग्न सक्छ,झ उनले भनिन् ञ यो बिद्रोहको संकेत हो । यो परिवर्तनको संकेत हो । यो क्रान्तिकारी यात्राको संकेत हो, भन्ने कुरामा हामीले बुझ्ने छौं ।

त्यस्तैगरी २८ औं जनयुद्ध दिवसको अवसरमा गरिएको यो दीप प्रज्वलन साँच्चिकै क्रान्तिको दीयो बन्ने, यो एउटा परिवर्तनको सन्देश बन्नेछ र क्रान्तिको मसाल बन्ने कुरा इन्चार्ज सम्झनाले उद्घोष गर्नु भयो।

दीप प्रज्वलन कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस